• ३ असार २०८१, सोमबार

एलजिबिटिक्युआइप्लसले सुन्दरी छान्ने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १२ गते   । एलजिबिटिक्युआइप्लस समूहका व्यक्तिको अन्तरनिहित प्रतिभा पहिचान र प्रस्फुटन गर्ने उद्देश्यसहित ‘फेस अफ एलजिबिटिक्युआइप्लस’ गरिने भएको छ । राज्य मिडिया नेटवर्कले समुदायको अद्वितीय सौन्दर्य, शक्ति र विविधताको सम्मानमा लुकेका प्रतिभालाई अवसर दिलाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको हो ।

शुव्रmबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । सो प्रतियोगिताका लागि आवेदन खुलेको जनाइएको छ । सो प्रतियोगितामा एलजिबिटिक्युआइप्लस समूहका व्यक्तिले भाग लिन सक्ने छन् ।