अफगानिस्तान, जेठ ९ गते । अफगानिस्तानमा राष्ट्रिय ध्वजावाहकको झण्डै तीन वर्षदेखिको उडान निलम्बनको अन्त्य गर्दै टर्किस एयरलाइन्सको विमान काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।
अफगानिस्तानको यातायात र नागरिक उड्डयन मन्त्रालयका वरिष्ठ सल्लाहकार गुलाम जिलानी वाफाले यो कदमलाई द्विपक्षीय सम्बन्धमा मैत्रीपूर्ण विकासको रूपमा स्वागत गर्नुभयो । वाफाले थप एयरलाइनरहरूले काबुलको एयरपोर्टमा उडानहरू पुनः सुरु गर्नसक्ने बताउनुभयो ।
टर्किस एयरलाइन्सले इस्तानबुल र काबुलबिच हप्तामा चार पटक ट्रिप उडानहरू सञ्चालन गर्ने तालिका छ । सिन्ह्वा/*न्यूज एजेन्सी नेपाल