• १३ असोज २०८१, आइतबार

नौ लाखभन्दा बढी विद्युत महसुल असुल गर्न बाँकी

blog

हिल्दुम विद्युत वितरण केन्द्रको कार्यालय । तस्बिरः राजन रावत

राजन रावत
हुम्ला, वैशाख ३१ गते । 
हिल्दुम विद्युत वितरण केन्द्रले हालसम्म नौ लाखभन्दा बढी विद्युत महसुल उठाउन बाँकी रहेको जनाएको छ । केन्द्रका ग्राहकहरूले विद्युत महसुल तिर्न आनाकानी गरिरहेका कारण महसुल उठाउन बाँकी रहेको हो ।

केन्द्रका प्रमुख नारायणप्रसाद कर्णले हालसम्म केन्द्रले नौ लाख १७ हजार ४५२ रुपियाँ विद्युत महसुल उठाउन बाँकी रहेको बताउनुभयो । यो महसुल तीन महिनासम्म नतिर्ने ग्राहकको रहेको हो । विद्युत प्रयोग गर्ने तर महसुल तिर्न आनाकानी गर्ने ग्राहकहरूका कारण महसुल असुलीमा समस्या भइरहेको छ ।

यसमा महसुल नतिर्ने सरकारी कार्यालय र व्यक्तिगत ग्राहक पनि रहेका छन् । महशुल नबुझाएको तीन महिना भएका कारण अब ती ग्राहकको विद्युत लाइन काट्ने तर्फ केन्द्र लाग्ने छ । यसमा व्यक्तिगत र संस्थागत गरी २३७ भन्दा बढी ग्राहकहरू रहेको केन्द्रले जनाएको छ । यसअघि पनि यसरी विद्युत महसुल नतिर्ने ग्राहकका लाइनहरू काटेर महसुल असुली केन्द्रले गरेको थियो ।