• ५ जेठ २०८१, शनिबार

कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

blog

शिवराज ढुंगाना 

मंगलसेन, वैशाख २२ गते। अछाम कारागारमा रहेका ९० जना कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ। मङ्गलसेन नगरपालिका र नेपाल नेत्रज्योति सङ्घको समन्वयमा ६ जना महिला र दुई जना बालकको निःशुल्क आँखा परीक्षण गरिएको हो। 

परीक्षण गरिएका मध्येमा दुई जनाको आँखाको अप्रेसन गर्नुपर्ने अवस्था फेला परेको नेत्रज्योति अछामका अध्यक्ष शङ्करबहादुर रावलले जानकारी दिनुभयो। 

आँखा परीक्षण गरिएकोमा उमेर अनुसार नजिकको पावर कम, मासु पलाएको, आँखा पाकेको, मौसम अनुसार आँखाको एलर्जी र न्यून दृष्टि भएको पाइएको बताइएको छ। 

आँखामा समस्या भएका ५० जनालाई चस्मा र औषधी निःशुल्क वितरण गरिएको छ। आँखा परीक्षणका क्रममा निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष विक, कारागार कार्यालय प्रमुख इन्द्र बहादुर चौधरी, कारागार कर्मचारी, सुरक्षाकर्मीलगायतको सहभागिता रहेको थियो।