• २४ वैशाख २०८१, सोमबार

बसले ठक्कर दिँदा किशोरीको मृत्यु

blog

लेखनाथ, वैशाख १२ गते । पोखरा महानगरपालिका वडा नम्बर १४, चाउथेमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार युवतीको मृत्यु भएको छ  बा १ प १३३८ नम्बरको बसले मङ्गलबार राति ठक्कर दिँदा स्कुटरको पछाडि सवार खुसी प्रधानको उपचारका क्रममा मृत्यु भएको हो ।

१९ वर्षीया प्रधानलाई उपचारका तत्काल पश्चिम क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । ग २४ प ३२९५ नम्बरको स्कुटरलाई पोखरा क्षेत्रीय क्षेत्री अन्तर्राष्ट्रिय विमानस्थलअघि बसले ठक्कर दिएको थियो ।

दुवै सवारी साधन वडा प्रहरी कार्यालय रामबजारमा र दुवै सवारीका चालक जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

स्कुटर पोखरा–७, सिमलचौर बस्नै २१ वर्षीया दीपिका गुरुङ र बस सिन्धुपाल्चोकको चौतारा नगरपालिका वडा नम्बर १३ का ३९ वर्षीय विष्णु श्रेष्ठले चलाउनुभएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो ।