• २४ वैशाख २०८१, सोमबार

कारको ठक्करबाट बालकको मृत्यु

blog

लीलाराज झापाली

बिर्तामोड, वैशाख ९ गते । झापाको बिर्तामोडमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शनिवार राती १०.३० बजेको समयमा बिर्तामोडको मुक्तिचोकमा चारपानेबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र.-१००१.००२ च १९० नम्बरको कारले पैदलयात्री मेचीनगर नगरपालिका वडा नं. १२ बस्ने गोपाल रोकाका ११ वर्षीय छोरा सन्तोष रोकालाई ठक्कर दिएको थियो । 

टाउको र दुबै हात खुट्टामा चोट लागेर गम्भिर घाइते भएका बालकलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएकोमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनापछि कार चालक मेचीनगर नगरपालिका वडा नं. १ बस्ने २६ वर्षीय रोनस परियारलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।