• २१ वैशाख २०८१, शुक्रबार

सकिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)

blog

भत्किएको, बिग्रिएको अवस्थामा सडकपेटी । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, वैशाख ८ गते । महानगरजस्ता ठूला शहरमा पैदल यात्रीको सहजता तथा सुविधाका निम्ति सडकपेटीको व्यवस्था गरिएको हुन्छ  ।

अन्तर्राष्ट्रिय मान्यताअनुरूप सडकपेटी कम्तीमा पनि डेढ मिटर चौडा हुनुलाई उपयुक्त मानिन्छ । पैदल यात्रु हिँड्नका लागि प्रयोगमा आउने भएकै कारण सडकपेटीमा कुनैपनि किसिमका अवरोध हुन नहुने यसको महत्त्वपूर्ण विशेषता हो  । तर नेपालको राजधानी शहर तथा मुलुककै पहिलो महानगरपालिका काठमाडौंंका सडकपेटीको अवस्था बेग्लै छ ।

सडकपेटी असाध्य साँघुरा छन् र कतिपय स्थानमा त सडकपेटीको व्यवस्था नै छैन  ।  भएका सडकपेटीमा पनि निर्माण सामग्री छरपस्ट छन् त कतै भत्किएको, बिग्रिएको अवस्था यत्रतत्र छ । यसले सडकपेटीहरु सकिइरहेका छन्, पैदलमार्ग हराइरहेका छन् ।

राजधानी काठमाडौंमा मात्र होइन उपत्यकाभित्रै धेरैतिर सडकपेटीको राम्रो व्यवस्थापन छैन । सडकपेटीहरु निर्माणको पखाईमा छन् । लाग्छ सडकपेटी उद्धारको पर्खाइमा छन् । स-साना व्यापारीहरूले सडकपेटीलाई व्यापार गर्ने थलो बनाउँछन् । एकातिर सडकपेटी खुला तथा अवरोधरहित हुनुपर्ने मान्यता छ भने काठमाडौंका सडकपेटीको अवस्था त्यसको ठिक विपरित पाइन्छ ।



सकिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर) सकिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर) सकिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर) सकिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर) सकिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर) सकिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)