• २१ वैशाख २०८१, शुक्रबार

मोटरसाइकल दुर्घटनामा १ को मृत्यु, ३ घाइते

blog

विष्णुप्रसाद पोखरेल

दमक, वैशाख ८ गते । झापाको कचनकवलमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ भने ३ जना गम्भीर घाइते हुनुभएको छ । कचनकवल गाउँपालिका वडा नं. ६ बनियानीमा शुक्रबार राति दुई वटा मोटरसाइकल एकापसमा जुध्दा दुर्घटना भएको हो ।

केचनाबाट बनियानीतर्फ आउँदै गरेको मे ८ प ८१७ नं को मोटरसाइकल र बनियानीबाट केचनातर्फ जाँदै गरेको बीआर ३६ एक्स ३९४४ नं को मोटरसाइकल एकापसमा ठक्कर खाएर भएको दुर्घटनामा कचनकवल वडा नंं ४ का ४१ वर्षीय कृष्णप्रसाद शाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बीआर ३६ एक्स ३९४४ नं को मोटरसाइकलका चालक शाहको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलको पछाडि बस्नु भएका १४ वर्षीय संदिप माझी गंभीर घाइते हुनुभएकाे छ । उहाँको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको बताइएको छ ।

यसै गरी दुर्घटनामा मे ८ प ८१७ नम्बरको मोटरसाइकलमा सवार कचनकवल ६ बस्ने २१ वर्षीय गोपाल राजवंशी र वडा नं ७ बस्ने  २५ वर्षीय रामबहादुर राजवंशी घाइते हुनुभएको छ ।