• १२ साउन २०८१, शनिबार

होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशको अध्यक्षमा गौतम

blog

होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशको अध्यक्षमा सर्वसम्मत चयन भएका हिरा गौतम ।

विजयकुमार साह 

ढल्केबर, चैत १९ गते । होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशको अध्यक्ष पदमा हिरालाल गौतम तेस्रो पटक सर्वसम्मत चयन हुनुभएको छ । सोमबार जनकपुरमा सम्पन्न होटल तथा पर्यटन व्यवसायी महासङ्घको दोस्रो अधिवेशनबाट उहाँ सर्वसम्मतबाट अध्यक्ष पदमा चयन हुनुभएको हो । 

धनुषाको लालगढ र महोत्तरीको बर्दिबासस्थित गौतम होटलका सञ्चालक समेत रहनुभएका गौतम मधेश प्रदेशमा रहेका होटल तथा पर्यटन क्षेत्र पहिचान गरी प्रवर्द्धन गर्दै आउनुभएको छ । 

महासङ्घको अन्य पदाधिकारीमा विष्णुकुमार साह वरिष्ठ उपाध्यक्ष, सुरेन्द्रकुमार भण्डारी उपाध्यक्ष, वैकुण्ठ सापकोटा महासचिव, दानबहादुर थापा कोषाध्यक्ष, तबरेज आलम सचिव, शिवराम राउत सहसचिव, गोविन्द गहतराज सहकोषाध्यक्ष र सदस्यमा रामचन्द्र साहलगायतका सदस्यहरू चयन भएका छन् ।