• ११ मंसिर २०८१, मङ्गलबार

भानुचोकमा होलीको रौनक

blog

भानुचोकमा साङ्गीतिक कार्यक्रमसहित होली कार्यक्रम ।

निसा राई

धरान, चैत १२ गते । रङ्गहरूको पर्व होली हिमाली, पहाडी, तराई सबै जिल्लामा हर्षोल्लासका साथ मनाइन्छ । धरानमा आइतबार र सोमबार दुई दिन होली धूमधाम मनाइँदै छ ।

धरानमा आज होलीको रौनक जारी छ । होली पर्वको अवसरमा भानुचोकमा होलीको कार्यक्रम गरिएको छ। विगतका वर्षमाझैँ  यस वर्ष पनि भानुचोकमा साङ्गीतिक कार्यक्रमसहित होली कार्यक्रम आयोजना गरिएको छ ।