• २२ असार २०८१, शनिबार

मर्यादित वातावरणमा मनाइँदै होली

blog

विराटनगर, चैत १२ गते । विराटनगरमा उल्लासमय वातावरणमा होली मनाइँदै छ । मानिसहरू एकापसमा रङ लगाएर बधाई तथा शुभकामना आदानप्रदान गरिरहेका छन् । होली पर्वमा अप्रिय घटना हुन नदिन र मादक पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गर्दै प्रहरीको विशेष सुरक्षा व्यवस्था लागू गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जन दाहालले होलीमा सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन । रासस