• ११ मंसिर २०८१, मङ्गलबार

आयोजनास्थलमा होलीको रौनक

blog

आयोजनास्थलमा होली पर्व मनाउँदै सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड परिवार ।

चन्द्र पन्दाक 

ताप्लेजुङ, चैत १२ गते । सहर तथा बजार क्षेत्रमा मात्र नभई ग्रामीण भेग र आयोजना स्थलसम्म होली पर्वको रौनक छाएको छ । रङ्गहरूको पर्वका रूपमा मनाइने होली आपसी भातत्वलाई थप घनिष्ठ बनाउन गाउँबस्ती तथा आयोजनास्थलमा मनाउन थालिएको हो ।

सहर बजारतिर बालबालिका, युवा तन्नेरी, कर्मचारीलगायतले होलीमा रमाइरहेका बेला ताप्लेजुङमा सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले पनि पर्व मनाएको छ । होली पर्व मनाउनेक्रममा लिमिटेडका आयोजना संयोजक डा. मनिराज पोख्रेलले आफ्ना कर्मचारीलाई रङ्ग लगाउनुभयो ।  

मध्यतमोर जलविद्युत आयोजनामा कार्यरत कर्मचारीबिचको भ्रातृत्वलाई थप घनिष्ठ बनाउन र पर्वमा मनोरञ्जन तथा खुसी साटासाट गर्ने उद्देश्यले आयोजनास्थलमा होली पर्व मनाइएको हो । संयोजक डा. पोख्रेलसहित आयोजनामा कार्यरत कर्मचारीले एकापसमा रङ्ग लगाएर होली पर्व मनाएको आयोजनाका व्यवसाय, सुरक्षा तथा वातावरण अधिकृत फुर्वा शेर्पाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आयोजना संयोजक पोख्रेलले सबै कर्मचारीलाई विभिन्नखाले रङ्ग लगाई खुसी आदानप्रदान तथा भातत्व प्रकट गर्नुभएको छ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले तमोर नदीबाट ७३ मेगावाट क्षमताको विद्युत उत्पादन गर्न लागेको छ । जिल्लाको फुङ्लिङ नगरपालिका, फक्ताङ्लुङ र मिक्वाखोला गाउँपालिका आयोजनास्थल रहेकोमध्ये तमोर जलविद्युत आयोजनाको काम अन्तिम चरणमा छ ।