• १३ साउन २०८१, आइतबार

रफाहमा आक्रमणको तयारी गर्दै इजरायल

blog

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु

इजरायल, चैत ८ गते । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाको दक्षिणी शहर रफाहमा आक्रमणको तयारी भइरहेको बताउनुभएको छ । तयारी भइरहे पनि आक्रमण सुरु गर्न केही समय लाग्ने बताउनु भयो ।

प्रधानमन्त्रीले रफाहबाट नागरिक आबादी हटाउने योजनालाई अनुमोदन गर्ने बताउनु भयो । रफाहमा लगभग १.५ मिलियन बिस्थापित प्यालेस्टिनीहरूले शरण लिएका छन् । गत हप्ता नेतान्याहुले प्यालेस्टिनी कैदीहरूको बदलामा बन्धकहरूलाई रिहा गर्नेबारे हमासको मागलाई अस्वीकार गर्नुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल