• १३ साउन २०८१, आइतबार

रुखले मोटरसाइकल च्यापिदा एकको मृत्यु

blog

दुर्घटना भएको स्थान र ढलेको रुख ।

कबिराज घिमिरे

हिले, चैत १ गते । धनकुटामा गुडिरहेको मोटरसाइकललाई रुख ढलेर च्यापिदा एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो धनकुटा नगरपालिका वडा –४ स्थित सल्लेरीमा गुडिरहेको प्रदेश १–०२–०४९ प ६०४० नम्बरको मोटरसाइकलमा सुकेको रुख ढलेर लाग्दा मोटरसाइकल पछाडि सवार धनकुटा नगरपालिका –१ हिलेकी ३० वर्षीया उषा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सडकनजिक रहेको शिरीषको रुख आफैँ भाँचिएर तामाङको टाउको र छातीमा लागेको र उपचारको लागि धनकुटा अस्पताल ल्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक आशिष् तामाङ भने सकुशल रहेको प्रहरीले जनाएको छ । आशिष् उषाका श्रीमान् हुनुहुन्छ । 

धनकुटाको हिले घर भएका तामाङ दम्पती धनकुटा जिल्ला अस्पतालमा उपचारको क्रममा आएर फर्कँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिनुभयो । 

उहाँका अनुसार उषाले रुख ढल्दैगरेको देखेर आशिषलाई अगाडि धकेलेको र उषालाई रुखले लागेको बताइएको छ ।