• १३ साउन २०८१, आइतबार

टाइम्स र ललितपुरलाई उपाधि

blog

थ्री एक्स थ्री बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौँ, फागुन २९ गते । टाइम्स ‘ए’ र ललितपुर ‘ए’ ले थ्री एक्स थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । टाइम्स पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बने ।

त्रिपुरेश्रस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमीकभर्डहलमा भएको पुरुष फाइनलमा टाइम्सले नेपाल आर्मी ‘बी’ लाई २१–१७ ले हरायो । उपाधिसँगै टाइम्सले एक लाख रुपियाँ पुरस्कार पायो । आर्मीले ५० हजार रुपियाँ पुरस्कार पायो । महिलाको उपाधि भिडन्तमा ललितपुरले आईआईएमएसलाई १७–१४ ले हरायो । ललितपुरले ५० हजार तथा आईआईएमएसले २५ हजार रुपियाँ पुरस्कार पायो । 

नेपाल बास्केटबल सङ्घ र थ्री एक्स थ्री नेपाल बास्केटबलद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषमा मनीष केसी तथा महिलामा गरिषा सिलवाल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । उपाधि विजेता टोलीका दुवैले जनही १५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

विजेतालाई नेपाल बास्केटबल सङ्घका अध्यक्ष भीमसिंह गुरुङ, महासचिव नरेन्द्र थापालगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । तीनदिने प्रतियोगिताको पुरुषमा ३२ तथा महिलामा आठ गरी ४० टिमले भाग लिएका थिए ।