• १३ साउन २०८१, आइतबार

राष्ट्रिय सभा अध्यक्षको शपथ हुँदै

blog

राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहाल

काठमाडौं, फागुन २९ गते । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालको शपथ केहीबेरमा राष्ट्रपति भवनमा हुँदैछ । 

राष्ट्रपति कार्यालयका अनुसार अध्यक्ष दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुनेछ । 

उहाँ मंगलबार राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । राष्ट्रपति कार्यालयले शपथ ग्रहणका लागि ४ : ३० बजेको समय तय गरेको छ ।  

यो पनि पढ्नुहोस

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित