• १३ साउन २०८१, आइतबार

सांसद दाहाललाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश

blog

काठमाडौं, फागुन २९ गते । नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।

मङ्गलबार बोलाइएको राष्ट्रिय सभा बैठकमा उहाँले माओवादी केन्द्रका सांसद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो । सांसद आछामीले २०२७ सालदेखि नेपालको राजनीतिमा क्रियाशील रहनुभएका दाहाललाई समर्थन गरी मतदान गरिदिनु हुन अनुरोध गर्नुभयो ।

यसअघि नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले पार्टीको तर्फबाट युवराज शर्मालाई सो पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।