• १३ साउन २०८१, आइतबार

राष्ट्रिय सभामा शर्मालाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत

blog

काठमाडौं, फागुन २९ गते । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।

मङ्गलबार बसेको राष्ट्रिय सभा बैठकमा उहाँले सो प्रस्ताव प्रस्तुत गर्नुभएको हो । कांग्रेस सांसद शर्माले २०२४ सालदेखि नै नेपालको राजनीतिक गतिविधिमा संलग्न भएकाले उहाँलाई सो पदमा निर्वाचित गराउन उपयुक्त हुने सांसद ढुङ्गानाको भनाइ थियो ।