• १३ साउन २०८१, आइतबार

बाजुराको जुगाडा केन्द्रबिन्दु भएर भूकम्प

blog

काठमाडौँ, फागुन २८ गते । बाजुरा जिल्लाको जुगाडा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ चार बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो । पछिल्लो समय नेपालको पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम जारी छ । नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ ।रासस