• २१ वैशाख २०८१, शुक्रबार

सांसद सुदन किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक

blog

काठमाडौं, फागुन २६ गते। नेकपा (माओवादी केन्द्र) का सांसद एवं निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको छ। 

शनिबार काठमाडौंमा निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको हो। गीतको म्युजिक कम्पोजर शान्तिराम राई हुनुहुन्छ भने लेखक सुदन किराती र गायक, कनकाइस्ट राई हुनुहुन्छ। 

कार्यक्रममा बोल्दै सांसद किरातीले आफ्नो जन्म महिनाको अवसर पारेर गीत विमोचन गरेको बताउनुभयो। उहाँले जन्मदिनमा केही नयाँ गरौँ भनेर गीत विमोचन गरेको बताउनुभयो। उहाँले यही महिनामा बुद्ध र लुम्बिनी सम्बन्धी गीति भिडियो सार्वजनिक गर्ने बताउनुभयो।