• १३ असोज २०८१, आइतबार

नरेन्द्र चापागाईँ पुरस्कार सुवेदी र पोखरेललाई

blog

विराटनगर,  फागुन २६ गते। शिक्षासेवी तथा साहित्यकार डा. नरेन्द्र चापागाईँको सम्झना एवम् सम्मानमा स्थापित नरेन्द्र चापागाईँ भाषा साहित्य पुरस्कार समालोचक दधिराज सुवेदीलाई प्रदान गरिएको छ। 

त्यसैगरी नरेन्द्र चापागाईँ युवा साहित्य पुरस्कार–२०८० कवि जयन्ता पोखरेललाई प्रदान गर्ने निर्णय भएको छ। डा. नरेन्द्र चापागाईँ स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईँको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको संस्थाका महासचिव दिङ्लाली कान्छोले जानकारी दिनुभयो। 

दधिराज सुवेदीले साढे पाँच दशकदेखि नेपाली साहित्यको सेवा गरेर हाल अस्वस्थ भएर उपचाररत अवस्थामा हुनुहुन्छ। नेपाली कविताको फाँटमा छुट्टै पहिचान बनाउन सफल जयन्ता पोखरेल विगत तीन दशकदेखि साहित्यको क्षेत्रमा सक्रिय हुनुहुन्छ। पुरस्कारको राशि  ५१ र २५ हजार रहेको कोषाध्यक्ष टङ्कप्रसाद कोइरालाले जानकारी दिनुभयो। 

पुरस्कार आगामी वैशाख महिनामा नरेन्द्र चापागाईँ स्मृति दिवसको सन्दर्भ पारेर प्रदान गरिनेछ।