• १६ भदौ २०८१, आइतबार

गुल्मीमा पूर्व प्रहरी सङ्गठनले बुझायो ज्ञापनपत्र

blog

रमेश विश्वकर्मा

गुल्मी, फागुन २४ गते । नेपाल पूर्व प्रहरी सङ्गठन जिल्ला कार्यसमिति गुल्मीले जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । केन्द्रीय समितिको निर्णय अनुसार विभिन्न ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाइएको नेपाल पूर्व प्रहरी सङ्गठन गुल्मीका पूर्व अध्यक्ष एवम् संरक्षक ओमप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल प्रहरी कल्याणकोष, व्यवस्थापन सञ्चालक समिति, नक्सालका संरक्षक तथा प्रहरी महानिरीक्षकलाई सम्बोधन गर्दै ज्ञापनपत्र बुझाइएको छ । कल्याणकारी कोषले पूर्व प्रहरीहरूको कल्याणका लागि एकदमै कम रकम दिने गरेको भन्दै पूर्वप्रहरी सङ्गठनले प्रहरी कल्याण कोषमा पूर्व प्रहरीहरूको ६० प्रतिशतभन्दा बढी योगदान हुँदाहुँदै पनि पूर्व प्रहरीहरूको कल्याणमा न्यून रकम मात्र छुट्याई ठुलो रकम हिनामिना भइरहेको कार्यवाहक अध्यक्ष झग बहादुर थापा श्रीसले बताउनुभयो ।

कार्यवाहक अध्यक्ष श्रीसका अनुसार २०४९ फागुनदेखि २०७९ भाद्रसम्मको प्रहरी कल्याणकोषको आय व्ययको हिसाब किताब नेपाल पूर्व प्रहरी सङ्गठनका पदाधिकारी तथा स्वतन्त्र चार्टर्ड एकाउन्टेन्ट वा अडिट फर्म समेत सहभागी गराई एक छानबिन समिति गठन गरी छानबिन गर्न माग गरिएको छ ।

नेपाल प्रहरी कल्याण कोषको रकमबाट कल्याणकारी कार्यमा रकम विनियोजित गर्दा मूल धन बाट भएको वा हुने कम्तीमा बैङ्क व्याजका आधारमा ४०५ बहालका प्रहरीहरूको लागि खर्च गर्ने, ४०५ पूर्व प्रहरीहरूका लागि खर्च गर्ने र २०५ आय मूलक कार्यमा खर्च गर्ने नीतिगत निर्णय गरी सो निर्णय कार्यान्वयन गर्न माग पत्रमा उल्लेख गरिएको छ । प्रहरी कल्याणकोष सञ्चालक समितिमा ४० प्रतिशत प्रतिनिधित्व पूर्व प्रहरी सङ्गठनबाट वा पूर्व प्रहरीहरूबाट हुने व्यवस्था गर्न माग गरिएको छ ।

त्यस्तै, प्रहरी सङ्गठनको काम शान्ति सुरक्षा दिने भएकोले कल्याणकारी योजना अन्तर्गतका व्यापारिक कामहरू पूर्व प्रहरी सङ्गठनलाई हस्तान्तरण गर्न माग गरिएको छ । नेपाली सेनाको झैँ पूर्व प्रहरीहरूको कल्याणमा समन्वय तथा योजना गर्न प्रहरी प्रधान कार्यालयमा अफिस सहित २ जना पूर्व प्रहरी पदाधिकारीहरूलाई र हरेक प्रदेशमा १र१ जना पदाधिकारीहरूलाई पूर्व दर्जा अनुसारको सेवा सुविधा दिई उनीहरूलाई सहयोग गर्न बहालका प्रहरीहरू समेत दिएर पूर्व प्रहरी कल्याण समन्वय शाखा स्थापना गर्न माग गरिएको उहाँले बताउनुभयो ।

प्रहरीका अमर सहिद परिवारका सन्ततिका लागि १०५ र प्रहरी परिचर देखि वरिष्ठ प्रहरी नायब निरीक्षक सम्मका पूर्व प्रहरीहरूका सन्ततिहरूका लागि ५५ नयाँ भर्नामा कोटा प्रदान गर्ने व्यवस्था गर्न ज्ञापनपत्र मार्फत माग गरिएको छ । आफ्ना मागहरू ३५ दिन भित्र पूरा गर्न समेत आग्रह गरिएको कार्यवाहक अध्यक्ष श्रीसले बताउनुभयो ।