• १६ भदौ २०८१, आइतबार

नेपालगन्ज–गुलरिया सडक कालोपत्रे

blog

बाँके समाचारदाता

बाँके, फागुन २४ गते । राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगन्ज–गुलरिया सडक खण्डको कालोपत्रेको काम सुरु भएको छ । नन्दनी मिलदेखि एकतर्फी सडक कालोपत्रेको काम सुरु भएको हो । निर्माण कम्पनी शर्मा एन्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले समयमै बजेट व्यवस्थापन हुन सकेमा आगामी एक वर्षभित्र सम्पूर्ण काम पूरा हुने बताउनुभयो । शर्माले भन्नुभयो, “यस वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने तयारीका साथ लागिपरेका छौँ ।”  

११.६ किलोमिटर चार लेन र १६.०२ किलोमिटर दुई लेन गरी २७.६२ किलोमिटर लामो सडक विस्तार कार्य २०८२ साल मङ्सिर २७ गते सम्पन्न हुने गरी गत वर्ष माघ १५ गतेदेखि निर्माण कार्य सुरु भएको हो ।