• १६ भदौ २०८१, आइतबार

पाल्पामा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

blog

रेखीराम राना
तानसेन, फागुन २३ गते ।
 पाल्पामा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । तानसेन–तम्घास सडकखण्डको रिव्दीकोट–२, जोर्तेमा बुधबार दिउँसो लु २ ख ५६२५ नम्बरको ट्रक (ट्रेलर) दुर्घटना हुँदा चालक र सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते हुनेमा दाङ जिल्ला राप्ती गाउँपालिका–३ बस्ने वीरेन्द्र घर्तीमगर र सोही स्थानका झविन्द्र पाण्डे घाइते हुनुभएको छ । दुवै जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये सहचालकको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उक्त ट्रक सिमेन्टका बोरा बोकेर अर्गलीतर्फ गइरहेको बेलामा अनियन्त्रित भई दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।