• १६ भदौ २०८१, आइतबार

ट्याक्सी दुर्घटनामा एक घाइते

blog

दुर्घटनामा परेको ट्याक्सी ।

गुणबहादुर रोका 

सुलीकोट, भदौ १५ गते । गोरखामा बलेरो जीप र ट्याक्सी जुधेर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । शनिबार गोरखा आँबुखैरनी सडक खण्डअन्तर्गत गोरखा नगरपालिका –८ स्थित खोलखोलेमा बेलुका ५ः३० बजे गोरखा सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बोलेरो जिप र बिपरीत दिशाबाट आउँदै गरेको ट्याक्सी  एक आपसमा ठोकिएर दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठका अनुसार ग ३ च ४९५३ नम्बरको बोलेरो र ग १ ज ७९६१ नम्बरको ट्याक्सी एक आपसमा ठोकिँदा ट्याक्सीमा सवार गोरखाको शहिद लखन गाउँपालिका ६ का ४५ बर्षीय अमिता थापा मगर घाइते हुनु भएको उहाँले बताउनुभयो ।

दुर्घटनमा घाइते हुनु भएका थापा मगरको टाउको र निधारमा चोट लागेकाले प्रहरी र स्थानीयको सहयोगमा उपचारका लागि जिल्ला अस्पताल गोरखामा पठाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।