• १६ भदौ २०८१, आइतबार

छोराको सम्झनामा खानेपानीको धारा निर्माण

blog

बाँकेको खजुरा ४ ईगाउँमा छोराको सम्झनामा निर्माण गरिएको खानेपानी धारा । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, भदौ १६ गते । बाँकेको खजुरा ४ ईगाउँमा एक दम्पतीले छोराको स्मृतिमा पिउने पानीको धारा निर्माण गरेका छन् । ज्येष्ठ सुपुत्र अर्जुन रोकाक्षेत्रीको निधन भएको ४५ औँ दिनको पुण्यतिथिको सन्दर्भ पारेर आइतबार ईगाउँ चोकमा खानेपानीको धारा निर्माण गरी सञ्चालनमा ल्याइएको हो । 

स्व. अर्जुनका बुवा चोकबहादुर र आमा खिमा रोकाले आइतबार संयुक्तरुपमा खानेपानी धाराको शुभारम्भ गर्नुभयो । स्थानीय सर्वसाधारण तथा बटुवालाई लक्षित गरी उनीहरूको सहजताका लागि खानेपानीको धारा निर्माण गरिएको स्व. अर्जुन रोकाका पिता चोकबहादुरले बताउनुभयो । चोकबहादुरले भन्नुभयो, ‘समाजमा हरेक काममा अग्रसर हुने छोराको स्मृतिमा खानेपानीको धारा बनाएर सामाजिक काममा अघि बढेका छौँ, प्रतिष्ठान बनाएर सामाजिक कामलाई निरन्तरता दिने सोच बनाएका छौँ ।’

२६ वर्षीया अर्जुन रोकायको गत साउन ४ गते नेपालगन्जको धम्बोझीमा मोटरसाइकल दुर्घटनामा परेर निधन भएको हो । स्व.अर्जुन रोकाको २६ औँ जन्मदिनको सन्दर्भ पारेर भदौ १९ गते वडा कार्यालयमा वृक्षारोपण गरिने भएको छ ।