• १६ भदौ २०८१, आइतबार

फरार प्रतिवादी पक्राउ

blog

रमेश विश्वकर्मा
गुल्मी, फागुन २२ गते ।
 गाई मारेको मुद्दामा फरार एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ च्यानडाँडाका २० वर्षीय हरि नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

नेपालीविरुद्ध स्थानीय दुजमान पुनले जाहेरी दिनुभएको थियो । नेपालीलाई पशुपन्क्षी सम्बन्धी कसुर (गाई मारेको) मुद्दामा गुल्मी जिल्ला अदालतले ३ असार २०७९ को फैसला गरेको थियो भने २९ असार  २०८० मा उच्च अदालत तुल्सीपुर बुटवल इजलासको फैसला बमोजिम निजलाई पाँच महिना १९ दिन कैद सजाय तोकिएको थियो ।

सोमबार नेपालीलाई पक्राउ गरी गुल्मी जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेश अनुसार कैद सजाय भुक्तानका लागि कारागार कार्यालय तम्घास गुल्मीमा पठाइएको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।