• १६ भदौ २०८१, आइतबार

दुर्घटना भएको सवारी साधनबाट घरेलु मदिरा बरामद

blog

प्रहरीले बरामद गरेको घरेलु मदिरा र दुर्घटनामा भएको सवारी साधन ।।तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, भदौ १६ गते। तनहुँमा दुर्घटना भएको सवारी साधनबाट ठुलो परिमाणमा घरेलु मदिरा आइतबार बिहान बरामद भएको छ।

तनहुँको ऋषिङबाट दमौली आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिपबाट ल्याइएको घरेलु मदिरा दुर्घटनास्थल ऋषिङ गाउँपालिका–१ ठाँटीमा प्रहरीले आइतबार बरामद गरेको हो ।

३० वटा ग्यालिनमा राखिएको चार सय लिटर घरेलु मदिरा बरामद गरिएको जिल्ला ट्राफिक प्रहरी प्रहरी कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो।

घरेलु मदिरा ल्याउने सवारी धनी पदम रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो।दुर्घटना भएपछि मदिरालाई दुर्घटना स्थल नजिककै जङ्गलमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन ।