• १३ असोज २०८१, आइतबार

एमाले सचिवालय बैठक बालकोटमा जारी

blog

काठमाडौँ, फागुन २१ गते । नेकपा एमालेको सचिवालय बैठक बालकोटमा सुरु भएको छ । पछिल्लो राजनीतिक घटना क्रम तथा टिआरसी विधेयक सम्बन्धमा छलफल गर्न बैठक आकस्मिक रूपमा बसेको अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिनुभयो । 

बैठक अध्यक्ष ओली निवास बालकोटमा बसिरहेको छ । यसैबिच सत्ताको नेतृत्व कर्ता दल नेकपा माओवादीको सचिवालय बैठक बालुवाटारमा सुरुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।