• १३ साउन २०८१, आइतबार

आगो सल्केर अछामका एक शिशु गम्भीर घाइते

blog

शिवराज ढुंगाना 

अछाम, फागुन २१ गते । घरभित्र सुताइ राखेको ओछ्यानमा आगो सल्किएर एक शिशु गम्भीर घाइते भएका छन् । पञ्चदेवल विनायक नगरपालिका-८ बारलाका विन्द्रा विकका ४५ दिनका शिशु गणेश विक गम्भीर घाइते भएका हुन् । 

घाइते गणेशको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि राती नै प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ । शिशुको  बायाँतिरको शरीर जलेको बताइएको छ ।  आइतवार बेलुकी करिब ७ बजेर १५ मिनेटतिर घटना भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।  

घरको भान्सामा बेलुका खाना पकाई रहेको बेला अगेनाको छेउमा शिशुलाई सुताएर आमा बिन्द्रा घर बाहिर गएपछि ओछ्यानमा आगो सल्किएर बालक जलेको  अछाम प्रहरीको भनाइ छ ।