• १३ साउन २०८१, आइतबार

निःशुल्क डायलासिस सेवा सुरु

blog

नवजीवन अस्पतालमा डायलासिस गराउँदै मृर्गौलाको समस्याबाट पीडित बिरामी । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी
धनगढी, फागुन १८ गते ।
धनगढीमा रहेको निजी अस्पताल नवजीवन अस्पताल प्रालिले विपन्नका लागि निःशुल्क डायलासिस सेवा सुरु गरेको छ ।
अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसर पारेर विपन्नका लागि निःशुल्क डायलासिस सेवा सुरु गरेकरो हो । सेवा उपभोगका लागि स्थानीय तहबाट विपन्न पुष्टिसहितको सिफारिस भने आवश्यक पर्ने जनाइएको छ ।

सुदूरपश्चिम प्रदेशमा रहेको सरकारी अस्पताल सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा सञ्चालित डायलासिस सेवा अपुग भएपछि नवजीवनले सुदूरपश्चिम इन्टरनेशनल डायलासिस सेन्टरसँग सहकार्य गरेर गतवर्षदेखि छ शय्याको डायलासिस सेवा सुरु गरेको थियो ।

पाँच वटा डायलासिस शय्या सेन्टर र एक वटा शय्या सघन उपचार कक्ष (आइसीयु) मा रहेको रहेको जनाइएको छ । आइसीयुमा राखेर उपचार गर्नुपर्ने कतिपय बिरामीलाई डायलासिस पनि आवश्यक पर्ने गरेका कारण त्यहाँसमेत डायलासिस शय्या बनाएकोे अस्पतालका डा. विदुरमणि गौतमले बताउनुभयो ।

नवजीवन अस्पतालले नियमित डायलासिस गर्ने बिरामीका लागि प्रत्येक पटकको सामान्य डायलासिस शुल्क चार हजार पाँच सय निर्धारण गरेको छ । ओपीडी र आकस्मिक कक्षबाट आएका बिरामीको छ हजार शुल्क लिने गरिएको छ । औषधी प्रयोग गर्नुपरेमा भने शुल्क महँगो पर्ने गरेको जनाइएको छ । नवजीवन अस्पतालमा १३ जना बिरामीले नियमित डायलासिस गराइरहेको सेन्टरका इन्चार्ज अञ्जना तण्डुकारले जानकारी दिनुभयो । एक बिरामीले हप्तामा दुई पटकसम्म डायलासिस गराइरहेको उहाँले बताउनुभयो ।