• ८ जेठ २०८१, मङ्गलबार

जोशी ग्लोबल एम्बेसडर

blog

काठमाडौँ, फागुन १७ गते । मिस वल्र्डमा प्रतिस्पर्धा गरिरहेकी प्रियङ्कारानी जोशी बाघ संरक्षणका लागि ग्लोबल एम्बेसडर घोषित हुनुभएको छ । मिस वल्र्डको एक विधा मल्टिमिडिया च्यालेन्ज अन्तर्गत उहाँले ‘बाघ बचाऔँ’ भन्ने अभियान चलाउनुपर्ने छ । भारतको नयाँ दिल्लीमा आयोजित समारोहमा जोशीसहित मिस वल्र्डका सुन्दरीलाई ‘सेभ दी टाइगर’ को सद्भावना दूतका रूपमा घोषणा गरिएको हो।

मिस वल्र्डका सुन्दरीलाई यो वातावरणीय अभियानमा जोड्ने कार्य महाराष्ट्र सरकारको वन, सांस्कृतिक मामिला र मत्स्यपालनमन्त्री सुधीर मुनगङ्टिवारले गर्नुभएको हो ।

मिस वल्र्डको प्रमुखमध्येको एक विधा मल्टिमिडियाको उपाधि एक पटक नेपालले जितेको छ । नेपाल यस पटक पनि यस विधाको दाबेदारका रूपमा रहेको छ । सामाजिक सञ्जाल पृष्ठमा लाइक, कमेन्ट, सेयर र भ्युज बढी प्राप्त गर्ने सुन्दरीले मल्टिमिडिया उपाधि जित्ने छन् ।