• १२ साउन २०८१, शनिबार

४० हजार दर्शक अट्ने अन्तर्राष्ट्रिय रङ्गशालाको आवश्यक : नेम्वाङ

blog

साधारण सभामा आफ्नो धारणा राख्नुहुँदै एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ । तस्बिर : एन्फा

काठमाडौँ, फागुन १४ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले काठमाडौँमा २५ देखि ४० हजारसम्म दर्शक अट्ने अन्तर्राष्ट्रिय स्तरको फुटबल रङ्गशाला बनाउन आवश्यक भएको बताउनुभएको छ । 

एन्फाको वार्षिक साधारण सभामा सोमबार बोल्दै अध्यक्ष नेम्वाङले विश्वभर लोप्रिय रहेको फुटबल खेलको क्रेज नेपालमा पनि ठूलो रहेकोले नेपाली फुटबलको विकासका निम्ति अन्तर्राष्ट्रिय रङ्गशालाको आवश्यकता भइसकेको बताउनुभयो । उहाँले काठमाडौँको दशरथ रङ्गशाला र च्यासलले मात्र फुटबल दर्शकको मागलाई धान्न नसक्ने हुँदा ठूलो रङ्गशाला बनाउन सरकारले विशेष चासो दिनुपर्ने समेत बताउनुभयो । 

‘‘नेपालमा फुटबलको लोकप्रियता बढ्दै गइरहेको छ । अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बनाउन अब विलम्ब गर्नुहुन्न । भएको रङ्गशालाले अबको दिनमा दर्शकको क्षमता धान्न सक्दैन,’’ अध्यक्ष नेम्वाङले भन्नुभयो ।

उहाँले फुटबल विकासका लागि सरोकारवाला सबै एकजुट हुनुपर्ने पनि बताउनुभयो । एन्फाको साधारण सभा विभिन्न विषयमा निर्णय गर्दै साोमबारनै सम्पन्न भएको छ ।