• १३ साउन २०८१, आइतबार

प्रतिफल प्राप्त हुने योजनालाई प्राथमिकता दिन जोड

blog

योजना बैङ्क तर्जुमा दिग्दर्शन, २०८० अभिमुखीकरण कार्यक्रम।

अविनाश चौधरी

धनगढी, फागुन १३ गते। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्षका लागि योजना छनोट गर्दा प्रतिफल प्राप्त हुने योजनालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ। 

आजदेखि धनगढीमा सुरु भएको योजना बैङ्क तर्जुमा दिग्दर्शन, २०८० को अभिमुखीकरण तथा प्रयोगशाला सम्बन्धी कार्यशालाको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। मन्त्री शाहीले गरिबी, न्यूनीकरण, रोजगारी सृजना हुनेसहित प्रतिफल प्राप्त हुने योजनालाई छनोट गर्नुपर्ने उल्लेख गर्नुभयो। 

प्रदेश सरकारको लक्ष्य सामाजिक परिवर्तन रहेको उल्लेख गर्दै उहाँले आयोजना बैङ्कले धेरै हदसम्म आयोजनालाई व्यवस्थित गरी लक्ष्य प्राप्तिमा सहयोग गर्ने बताउनुभयो। यसैगरी, योजना बैङ्कको प्रभावकारी कार्यान्वयनमा सबै पक्ष लाग्न आवश्यक रहेको मन्त्री शाहीको भनाइ थियो। 

रोजगारीका लागि भारत जानुपर्ने बाध्यतालाई रोक्नका लागि गहन छलफल हुनुपर्ने भन्दै मन्त्रीले अगाडि थप्नुभयो,“त्यस सम्बन्धमा योजना बनाएर अगाडि बढ्नुपर्दछ।”