• १३ साउन २०८१, आइतबार

भारतको दुधुवा नेसनल पार्कमा दुर्घटना हुँदा एकको मृत्यु

blog

भावना जोशी 

अत्तरिया फगुन १३ गते । भारतको दुधुवा नेसनल पार्कमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका कैलालीका एक जनाको मृत्यु भएको छ । धनगढीबाट पलिया जाने क्रममा दुधुवा नेशनल पार्कमा पछाडिबाट गइरहेको गाडिको ठक्करबाट मोटरसाइकल दुर्घटना भएकाे हुनसक्ने प्रहरीको अनुमान छ ।  

उक्त दुर्घटनामा घाइते भएका धनगढी उपमहानगरपालिका-१९ का ३३ वर्षीय रामकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कुलदीप चन्दले जानकारी दिनुभयो । दुर्घटनामा धनगढी उपमहानगरपालिका-१९ कै २२ वर्षीय अनिलकुमार चौधरी घाइते हुनुभएको छ । 

चौधरीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनको भारतकै पलियामा उपचार भइरहेको छ । शनिवार बिहान ११ बजेको समयमा धनगढीबाट पलिया जाँदै गरेको से ३ प २८१९ नम्बरको मोटरसाइकलाई गौरीफन्टा कोतवालीभन्दा झण्डै १५ किलोमिटर बिच जङ्गलमा अज्ञात गाडीले ठक्कर दिँदा दुर्घटना भएको थियो । 

भारतीय प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान र दुर्घटनाको समय हेरेर ठक्कर दिने गाडीको खोजी भइरहेको नेपाल प्रहरीले जनाएको छ ।