• १३ साउन २०८१, आइतबार

एमाले कैलाली अधिवेशन : छैटौं दिन मतदान सुरु

blog

भावना जोशी

अत्तरिया, फागुन ११ गते । नेकपा एमाले कैलाली जिल्लाको अधिवेशन सुरू भएको छैटौं दिन मतदान प्रक्रियामा गएको छ । प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले बिहीबार अनिश्चितकालका लागि सारिएको मतदान शुक्रबार घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा सुरु गरिएको बताउनुभयो । 

जोराले बिहीबार प्राविधिक समस्याका कारण निर्वाचन कार्यक्रम स्थगित गर्नुपरेको जानकारी दिनुभयो । यहि फागुन ६ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले घोडाघोडीको सुखडमा नवौँ अधिवेशनको उद्घाटन गर्नुभएको थियो । 

ओलीले नेतृत्वमा सहमति नजुटे भोलिपल्टै निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको थियो तर मंगलबार मात्रै प्रक्रिया थालेको निर्वाचन कमिटीले प्राविधिक समस्या देखाउँदै निर्वाचन कार्यक्रम सार्दै आएको थियो । एमालेको नेतृत्वका लागि कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुङ्गाना प्यानलसहित प्रतिस्पर्धामा रहनुभएको छ ।