काठमाडौं, फागुन ११ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहितका विपक्षी दलको अवरोधका कारण १५ मिनेटका लागि बैठक स्थगित भएको हो ।
विपक्षी दलका सांसदले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद् अवरुद्ध पारेका हुन् ।
सभामुख देवराज घिमिरेले उठेका विषयमा ध्यानाकर्षण भएको र बैठक सहज रूपमा अघि बढाउन पटक–पटक आग्रह गर्नुभएको थियो । पटक–पटकको आग्रहपछि पनि अवरोध नहटेपछि सभामुख घिमिरेले बैठक स्थगित गर्नुभएको हो ।