• १२ साउन २०८१, शनिबार

शिक्षामा उदांगो हस्तक्षेप भयो : एमाले

मिटरब्याजी र सहकारी पीडितका समस्या समाधान गर्न एमालेको माग

blog

ललितपुरको तुल्सीलाल स्मृति भवनमा बिहीबार आयोजित नेकपा (एमाले_ केन्द्रीय कमिटीको सातौँ बैठकमा अध्यक्ष केपी शर्मा ओलीलगायत नेता। तस्बिर : चन्द्रकला क्षेत्री/रासस

काठमाडौं, फागुन १० गते। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले मिटरब्याजी र सहकारी पीडितका समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै एमालेले मिटरब्याजी र सहकारी पीडितका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको हो। बैठकका निर्णय सुनाउँदै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारले चलाएको बेथितिले गर्दा राज्य हरेक हिसाबले सङ्कटग्रस्त बन्दै गएको ठहर पार्टीले गरेको समेत बताउनुभयो। 

उहाँले गठबन्धनले देश बन्छ भन्ने आत्मविश्वासमा ठेस पुर्‍याएको एमालेको निष्कर्ष रहेको बताउनुभयो। उहाँले देशलाई सङ्कटबाट मुक्त गर्न नेकपा (एमाले) ले निर्णायक भूमिका खेल्ने बताउनुभयो। उहाँले सरकारका गलत काम र सरकारले चलाएको तस्करी र भ्रष्टाचारमार्फत खोलेको अर्को अनियमितता कारण देश गहिरो आर्थिक मन्दीमा फस्दै गएको ठहर एमालेको रहेको बताउनुभयो। 

उहाँले तस्करी र भ्रष्टाचारमा मन्त्री नै मुछिए पनि कारबाही गर्न नसकेको, छानबिन आयोगले दोषी देखाउँदा पनि राजीनामा नदिने मन्त्रीलाई बर्खास्ती गर्न नसकेको बताउनुभयो। उहाँले सरकारले १० लाखमा नागरिकको जीवन साट्ने काम गरेको बताउनुभयो। उहाँले महँगी, मिसावटका बारेमा सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको बताउनुभयो। उहाँले सरकारको अकर्मण्यताका कारण भूकम्प पीडितले राहत नपाएर ज्यान गुमाउनुपरेकाले सरकारले विशेष महत्त्व दिनु आवश्यक रहेको बताउनुभयो।

सडक दुर्घटना बढ्दा सरकारले चासो नदिएको, शिक्षा क्षेत्रमा सरकारको हस्तक्षेप उदाङ्गो भएको, सरकार कूटनीतिक मामिलामा चुकेको निष्कर्ष पार्टीको रहेको उहाँले जानकारी दिनुभएको छ।