• ७ जेठ २०८१, सोमबार

अध्यक्ष ओलीद्वारा प्रशासनिक भवन उद्घाटन

blog

कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्नुहुँदै अध्यक्ष केपी शर्मा ओली । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), फागुन ६ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ । एमाले कैलालीको जिल्ला अधिवेशनको उद्घाटनका लागि यहाँ आउनुभएका अध्यक्ष ओलीले आज भवन उद्घाटन गर्नुभएको हो । 

बर्दगोरिया गाउँपालिका–४ मा अवस्थित नवनिर्मित भवनको उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गाउँपालिकालाई नमुना बनाउन  नयाँ प्रशासकीय भवनको सदुपयोग गर्न सुझाव दिनुभयो। उहाँले गाउँपालिकाबाट दिने सेवा प्रवाह चुस्तदुरुस्त बनाई जनतालाई सहजरुपमा सेवादिन आग्रह गर्नुभयो । 

अध्यक्ष ओलीले केहीबेरमा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उहाँ आजै काठमाडौँदेखि कैलाली आइपुग्नुभएको हो ।