काठमाडौँ, फागुन ६ गते । भोजपुरी भाषामा निर्मित हास्य सिरिज ‘खेलाडी’ को टिजर सार्वजनिक भएको छ । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो ।
मुखिया इन्टरटेन्मेन्ट एन्ड मिडिया प्रालिद्वारा निर्माण गरिएको सो सिरिजमा भोजपुरी भाषाका गीत, सङ्गीत र कथा समेटिएका छन् । नेपाल र छिमेकी मुलुक भारतमा समेत भोजपुरीका दर्शक र श्रोतालाई लक्षित गरी निर्माण गरिएको सो सिरिजलाई युट्युबमार्फत क्रमशः प्रसारण गरिने लेखक तथा निर्देशक शैलेशमानसिंह बस्नेतले बताउनुभयो । ‘खेलाडी’ मा भोजपुरीका कलाकार प्रियङ्का पाण्डेय, वीरेन्द्र मुखिया, स्वनिका बास्तोलाको मुख्य भूमिका रहेको छ । कलाकारहरू सरु बराल, रामभजन कामत, अरकना खातुन, गोविन्दा यादव, सेराज आलम र गङ्गालाल श्रेष्ठलगायतले अभिनय गर्नुभएको छ । लेखक एवं गीतकार गोपाल अश्कको गीतमा आकाश ठाकुरको स्वर र विनय कार्कीको सङ्गीत छ ।