• १५ वैशाख २०८२, सोमबार

कार्कीको ‘दुरी मलाई हुनु छैन’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १५ गते । निर्माता भूगोलकुमार कार्की अभिनीत ‘दुरी मलाई हुनु छैन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा निर्माता कार्कीसँगै मोडल बिना राउत र अनिता मेहताको अभिनय रहेको छ ।

गीतकार हरिभक्त बुढाथोकीको शब्द रचना रहेको गीतमा टेक बिसी र सिम्रन परियारको स्वर छ । भीम बिसीको सङ्गीत रहेको गीतलाई केशव बडूले सङ्गीत संयोजन गर्नुभएको हो । गङ्गा श्रेष्ठ र पुनीत मेहताले निर्माण गर्नुभएको भिडियोलाई नवराज उप्रेती र 

टिमले खिच्नुभएको हो । विशाल कैनीको निर्देशन तथा कोरियोग्राफी रहेको म्युजिक भिडियोको सम्पादन तथा कलर मिलन विश्वकर्माले गर्नुभएको छ ।