गत मार्च २८ तारिखका दिन चिनियाँ राष्ट्रपति सी चिनफिङले पेइचिङस्थित पिपल्स ग्रेट हलमा अन्तर्राष्ट्रिय उद्योग तथा वाणिज्य सेक्टरका प्रतिनिधिसँग भेटवार्ता गर्नुभयो । फेडेक्सका अध्यक्ष तथा सिइओ राजेश सुब्रमनियम, मर्सिडिज बेन्जका सिइओ क्यालेनियस, बिएम डब्लुका सिइओ जिप्स, तोयोता मोटर्सका अध्यक्ष अकियो तोयोदा, सानोफिका सिइओ हडसन, एचएस बिसी होल्डिङ्सका सिइओ एल्हेडरी, हिताची लिमिटेडका कार्यकारी अध्यक्ष तोरिआकी हिगासिहारा, एसके हिनिक्सका सिइओ क्वाक नोह–जुङ, साउदी अराम्कोका अध्यक्ष तथा सिइओ अमिन नासिर आदि ४० भन्दा बढी विदेशी उद्योगपति, कम्पनीका सिइओ तथा वाणिज्य सङ्घका प्रतिनिधिले एकसाथ बसेर चीनसँगको सहकार्यका नयाँ अध्यायबारे छलफल गरे ।
यस वर्षको फेब्रुअरी १७ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले चिनियाँ निजी क्षेत्रका उद्योगपतिसँग भेटवार्ता गर्नुभएको थियो । त्यसको केही समयपछि नै उहाँले उद्योग वाणिज्य सेक्टरका अन्तर्राष्ट्रिय टाइकुनहरूसँग पुनः भेटवार्ता गर्नुभएको छ । विश्व अर्थतन्त्र अझै पनि मुद्रास्फितीको पन्जाबाट पूर्ण रूपले मुक्त हुन सकेको छैन । भूराजनीतिक द्वन्द्वको जोखिम पहिले जस्तै छ । आत्म सुरक्षावाद र समूहबाट अलग्गिने र उत्पादन सिक्री तोड्ने प्रवृत्ति झन् झन् बढिरहेको छ । यस्तो अन्तर्राष्ट्रिय परिवेशमा चिनियाँ राष्ट्रपति सीले अन्तर्राष्ट्रिय उद्योग वाणिज्य सेक्टरसँग संवाद गर्नु भनेको एकातिर चिनियाँ आर्थिक विकास पथ स्पष्ट पार्नु हो भने अर्कोतिर अन्तर्राष्ट्रिय उद्योगहरूलाई हौसला प्रदान गर्दै सहकार्यका लागि आमन्त्रण गर्नु हो । यो भेटवार्ता एक उच्चस्तरीय कूटनीतिक क्रियाकलाप मात्र नभई चीनले विश्वमा प्रसारण गरेको एक स्पष्ट सङ्केत पनि हो ।
विश्वमा अनिश्चितता बढ्दै गई अर्थतन्त्र पूर्व रूपमा फर्किन कठिनाइ भइरहेको अवस्थामा चीनले आफ्नो खुलापनको नीतिलाई अझै विस्तार गर्दै लैजाने छ । व्यावहारिक दृष्टिकोणबाट अझ बढी आत्मविश्वासका साथ अन्य देशसँग अवसरको साझा उपभोग गरी विकासका लागि एक साथ अघि बढ्ने छ ।
चिनियाँ अर्थतन्त्र अहिले पनि विश्व आर्थिक वृद्धिको लङ्गर बनिरहेको छ । बाह्य विश्वले चीनको आर्थिक अभिवृद्धिप्रति शङ्का प्रकट गरिरहेको परिप्रेक्ष्यमा चिनियाँ राष्ट्रपति सीले सबैभन्दा पहिले वैदेशिक लगानीका उद्योगले चीनको सुधार तथा खुला नीतिलाई अघि बढाउन र आधुनिक निर्माणमा खेलेको महìवपूर्ण भूमिकाको पुष्टि गर्नुभयो । त्यसका साथै उहाँले विदेशी उद्योगपति तथा व्यापारीले चीनमा लगानी गरेर प्रायः सबैले उच्च मुनाफा प्राप्त गरेको कुरा पनि उल्लेख गर्नुभयो ।
चीनमा आएर लगानी गर्ने विदेशी उद्योगपति व्यापारीमा कसैले एक प्रकारको उद्योगधन्दा सुरु गरेर पछि विस्तृत उद्योगधन्दा विकास गरेको, कसैले एक ठाउँमा उद्योगधन्दा सुरु गरेर पछि धेरै ठाउँमा त्यसको विस्तार गरेको, कसैले एउटा कारखानाबाट सुरु गरेर पछि औद्योगिक समूह बनाएको पाइन्छ । ती उद्योगको विस्तार केही गुनादेखि सय गुनाभन्दा बढी भएको पनि पाइन्छ । यस्तो हुनु नै दुवै पक्षको जित हो । चिनियाँ राष्ट्रपति सीले जोड दिएर भन्नुभयो, “चीन भविष्यमा लामो समयबिचसम्म पनि विदेशी उद्योगपति व्यापारीका लागि लगानी गरी फस्टाउने उर्वर भूमिका रूपमा रहिरहने छ ।”
औद्योगिक तथा व्यापारिक वातावरणको अनुकूलन, बजारको पहुँचको विस्तार, बौद्धिक सम्पत्तिको सुरक्षा तथा कार्बन न्यूनीकरण हरित रूपान्तरणमा चीनले ठोस कार्यद्वारा प्रमाणित गरेको छ, खुलिसकेको ढोका फेरि बन्द हुँदैन, अझ बढी खुल्दै जाने छ । अहिले केही देश आफ्नो ढोका बन्द गरी आफैँभित्र रुमल्लिन थालेको छ र पर्खाल लगाई अवरोध खडा गर्न लागेको परिप्रेक्ष्यमा चीनले अझ बढी खुलापनका लागि गरेको वाचा अति आकर्षक एवं मूल्यवान् छ । यस प्रकारको दोहोरो अन्तर्क्रिया, आपसी हितको सहकार्यले सम्पूर्ण विश्वको आपूर्ति सिक्री अझ स्थिर हुने छ ।
विज्ञान प्रविधिसम्बन्धी सहकार्य अझ खुला र विकासका उपलब्धिको सहउपभोगमा अभिवृद्धि हुने छ । अर्को ध्यान दिनलायकको कुरा के छ भने, यस भेटवार्तामा उद्योग वाणिज्य सेक्टरका टाइकुनसँग ‘अवसर’ को मात्र कुरा भएन, चीनमा सञ्चालन भइरहेका उद्योगका विभिन्न पक्ष, जस्तै : कानुन, नियमको पारदर्शिता, जनशक्तिको प्रवाह, औद्योगिक नीतिको स्थिरता आदिका बारेमा पनि स्पष्ट पारिएको थियो ।
यस प्रकारको प्रत्यक्ष अन्तर्क्रियामा पनि चीनको खुला मानसिकता प्रतिविम्बित हुन्छ । चिनियाँ राष्ट्रपति सीले व्यक्त गर्नुभएको समावेशी दृष्टिकोण र इमानदार प्रतिक्रियाले गर्दा अन्तर्राष्ट्रिय सामुदायको चिनियाँ नीतिको नैरन्तर्यमाथि विश्वास बढेको छ । यस भेटवार्ता चीनको दृढ खुलापन नीतिको अभिव्यक्ति मात्र होइन, पुनः सहकार्य, आपसी विश्वासको पुनर्निर्माणको महìवपूर्ण अवसर पनि थियो । अन्तर्राष्ट्रिय उद्योग वाणिज्य सेक्टरका प्रतिनिधिले भने जस्तै चिनियाँ अर्थतन्त्र स्थिर आधारमा रहेको छ, यसका सबल एवं दृढ पक्ष तथा सम्भावना धेरै छन्, त्यसकारण त्यो अनिश्चितताको मरुभूमिमा निश्चितताको मरुद्यान बन्दै छ ।
विभाजनको जोखिम बढ्दै गएको, सहमति र समझदारी कम हुँदै गएको अहिलेको युगमा, चीनको मानव जातिको साझा भाग्यको समस्ति निर्माणको अवधरणा र उद्योग वाणिज्य सेक्टरको मागबिच धेरै प्रकारको सम्बन्ध स्थापना भएको छ । त्यो पनि चिनियाँ नीतिको विशेषता हो, त्यसबाट मात्र चीनको सुशासनको ग्यारेन्टी हुने छ र सुन्दर परिदृश्य को निर्माण गर्न सकिने छ । सन् २०२५ साल चीनको १४ औँ पञ्चवर्षीय योजनाको अन्तिम वर्ष हो, चिनियाँ अर्थतन्त्रको रूपान्तरण एवं स्तरोन्नतिको अति महत्वपूर्ण समय पनि हो । विश्व उद्योग वाणिज्य सेक्टरका लागि चीनबारे बुझ्नु, चीनमा लगानी गर्नु केवल व्यापारिक निर्णय मात्र होइन, त्योभन्दा बढी भविष्यको स्वरूपमा सक्रिय रूपले सहभागी भई त्यसलाई उपयुक्त आकार प्रदान गर्नु हो । चीनले पनि अझ ठुलो सेटअप निर्माण गरी अझ ठोस कार्यद्वारा सम्पूर्ण विश्वसँग एकसाथ चुनौतीको सामना गर्ने छ ।
नेपाल चीनको महत्वपूर्ण छिमेकी राष्ट्र हो, विगतका केही वर्षमा चीन र नेपाल वैश्विक विकासको प्रस्तावनाको मार्ग दर्शनमा बिआरआईको उच्च गुणस्तरको संयुक्त निर्माण साकार हुँदै छ । चिनियाँ पक्षले विश्वका दक्षिणका देशसँग हातमा हात मिलाई भविष्य निर्माण गर्न तथा दक्षिण–दक्षिण सहकार्यको संयन्त्रलाई गहन बनाउँदै लैजान चाहन्छ भनी धेरै पटक जोड दिएको छ । त्यसले नेपाललगायत विभिन्न विकासशील देशलाई अझ बढी विकासका अवसर प्रदान गर्ने छ । नेपालले खुलापन नीति र आर्थिक रूपान्तरणका अवसरको फाइदा उठाउन सक्यो भने त्यसले आफ्नो देशको आर्थिक संरचनालाई पुनर्गठन गर्न सहयोग पुग्ने मात्र होइन, दक्षिण एसियाली क्षेत्रीय सहयोगको नयाँ चरणमा अझ लाभदायी स्थान पनि ओगट्न सक्ने छ । अवसरको सदुपयोग गरी चीनमा लगानी गरी भविष्य निर्माण गरौँ । चीनसँगको सहयात्रा भनेकै अवसरसँगको सहयात्रा हो ।
(सोङ नेपालका लागि चिनियाँ राजदूत हुनुहुन्छ ।)