धर्बेन्द्र झा
धनुषा, माघ २० गते । मधेश प्रदेश सभाको छैठो वार्षिकोत्सवको अवसमा जनकपुरधाममा आयोजित सभामुख क्रिकेट कप–२०८० को उपाधि धनुषाले जितेको छ । जनकपुरधामको रामजानकी खेल मैदानमा शनिबार फाइनल खेलमा धनुषाले सिरहालाई पाँच विकेटले हराँउदै उपाधि जितेको हो । उपाधिसँगै धनुषाले एक लाख ५१ हजार रुपियाँ पुरस्कार पायो । उपविजेता सिरहाले एक लाख एक हजार रुपियाँ पायो ।
टस जितेर पहिलो व्याटिङ रोजेको सिरहाले ४० ओभर खेल्दै ९ विकेटको क्षतिमा १३४ रन बनाएको थियो । सिरहाको तर्फवाट प्रदिप पासवानले सार्वधिक २१ रन बनाउनुभयो । राकेश कामतिले १९ र कप्तान पृथ्वी यादले १२ रन बनाउनुभयो ।
१३५ रनको विजय लक्ष्य पछ्याएको धनुषाले ३४ ओभरमा पाँच विकेटको क्षतिमा विजय लक्ष्य पुरा गरेको थियो । धनुषाका लागि कप्तान विशाल शुशलिंग सार्वधिक ३७ रन बनाउनुभयो । रुपेश यादवले ३६ रन बनाउनुभयो ।
प्रतियोगितामा उत्कृष्ट व्याटस म्यानको उपाधि अलि अकवर अनसारी र बेष्ट बलरको उपाधि बिक्रान्त कुमार यादवलाई प्रदान गरियो । प्रतियोगिताको विजेतालाई मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र र मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले पुरस्कार प्रदान गर्नुभयो ।