• २८ पुस २०८१, आइतबार

घर निर्माणमा मुख्यमन्त्रीको श्रमदान

blog

रङ्गेली समाचारदाता

विराटनगर, माघ २० गते । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुव्रmबार बिहान विराटनगर–१६, दरैयाका सागर राईको घर निर्माणमा श्रमदान गर्नुभएको छ । विपन्न असहाय पाँच जनाको परिवारलाई बस्नका लागि आवासको अभाव भएपछि मुख्यमन्त्री कार्कीसहितको उपस्थितिमा श्रमदानमार्फत घर निर्माण गरिएको हो । 

जीवन विकास समाज कटहरीले घर निर्माणका लागि सामग्री जुटाइदिएको थियो । आर्थिक अभावमा घर नभएर सानो झुपडीमा राई दम्पती र तीन जना छोरा बस्दै आउनुभएको थियो । मोरङ क्षेत्र नम्बर ५ का सङ्घीय प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डललाई राईले घर निर्माणका लागि सहयोगको माग राख्नुभएको थियो ।

आफ्नै क्षेत्रका नागरिक राईको घर निर्माणका लागि सांसद मण्डलले जीवन विकास समाजमार्फत सामग्री उपलब्ध गराउनुभएको हो । सामग्री उपलब्ध गराएपछि घर निर्माण गर्ने खर्च अभाव झेल्नुभएका राईका लागि मुख्यमन्त्रीले श्रमदानमा योगदान दिनुभएको हो । 

मुख्यमन्त्री कार्की र सङ्घीय सांसद मण्डलले श्रमदानमा सहभागी भएपछि राईले शुव्रmबार नै नयाँ घर पाउनुभएको छ । बाँसका खाँबाखुट्टी गाडेर जस्ताको छानाले छाएको घर निर्माण भएपछि मुख्यमन्त्री कार्कीले ओछ्यानका लागि म्याट्रेस्ट, त्रिपाल, भाँडावर्तन, कम्बल, खाद्यान्नका सामग्री उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । 

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “विपन्न घरपरिवारको साथमा मुख्यमन्त्री छ भन्ने अनुभूति दिलाउन श्रमदान गरेको हुँ । सरकारले विपन्न परिवारका लागि आवासको सुविधा दिने कार्यक्रम आगामी दिनमा ल्याउने छ ।”