• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिम प्रदेश सभाको लोगो संशोधन

blog

समितिको प्रतिवेदन पारित गर्दै प्रदेश सभा सदस्यहरु । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, माघ १९ गते । सुदूरपश्चिम प्रदेश सभाको लोगो संशोधन भएको छ । पुरानो लोगोमा नेपालको नक्सा नभएको र राष्ट्रिय झण्डामा चन्द्र, सूर्य स्पष्ट नदेखिएकाले  लोगो संशोधन गरिएको हो । 

लोगो संशोधन समितिले तयार पारेको प्रतिवेदन बमोजिमको नयाँ लोगो प्रदेश सभाका लागि कायम गरिएको छ । आज बसेको प्रदेश सभा बैठकले समितिको प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको छ । 

प्रतिवेदन पारित भएकाले सुदूरपश्चिम प्रदेश सभाको नयाँ लोगो निर्धारण भएको घोषणा गर्नुभयो । साथै, लोगो संशोधनसम्बन्धी प्रतिवेदन कार्यान्वयनका लागि अन्य कार्य अगाडि बढाउन उहाँले प्रदेश सभा सचिवालयलाई निर्देशन दिनुभयो ।  

समितिको प्रतिवेदनमाथि आजै सदनमा छलफल गरिएको छ । प्रतिवेदनमाथिको छलफलमा प्रदेशसभा सदस्य मानबहादुर रावल, शिवसिंह ओली, चक्रबहादुर मल्ल र टीका थापाले भाग लिनुभयो । समितिका संयोजक पदमबहादुर शाहीले प्रदेश सभाबाट प्रतिवेदन पारितका लागि प्रस्ताव पेश गर्नुभएको थियो ।