काठमाडौं, माघ १९ गते । राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले राष्ट्रिय सभाको आगामी हिउँदे अधिवेशनका लागि माघ र फागुन माहिनाको सम्भावित कार्यतालिका स्वीकृत गरेको छ ।
शुक्रबार बसेको समितिको बैठक संसदको अधिबेशनको प्रारम्भ र अन्त्य हुने दिनका बारेमा संसदलाई पूर्व जानकारी गराउनुपर्ने, जसले गर्दा कार्यतालिका बनाउन सहज हुनेछ ।
संसदको आउने अधिवेशनमा सरकारले कतिवटा, के कस्ता विद्येयक दर्ता गराउने हो सो विषयको जानकारी पनि संसद अधिवेशन प्रारम्भ हुनु भन्दा अगावै संसदलाई जानकारी दिन आग्रह गर्ने तथा राष्ट्रियसभामा लामो समयदेखि विचाराधिन अवस्थामा रहेको अध्यागमन विद्येयक फिर्ता लिने वा अगाडि बढाउने हो भन्ने विषय टुङ्गो लगाउन पनि सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।