• २८ पुस २०८१, आइतबार

भारतसँगको विद्युत् व्यापार सम्झौतामा सर्वोच्चले माग्यो एमीकस क्युरी

blog

काठमाडौं, माघ १९ गते । सर्वोच्च अदालतले भारतसँगको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौताका विषयमा सुनुवाइ गर्दै एमिकस क्युरी माग गरेको छ ।

पूर्व प्रशासक सूर्यनाथ उपाध्यायले दायर गर्नुभएको रिटमा माघ १६ गते सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सुनुवाइ गर्दै एमिकस क्युरीको माग गरेको हो । न्यायाधीश सुवेदीको इजलासले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बारसँग एक–एक जना एमिकस क्युरीको माग गरेको हो ।

सर्वोच्चले नेपाल र भारतबिच भएको विद्युत् व्यापार सम्झौता संविधानको धारा २७९ को उपधारा २ को खण्ड घ अनुसार प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँटको विषय हो कि होइन, सङ्घीय संसदका दुवै सदनबाट पास हुनुपर्ने हो कि होइन लगायतका विषय छलफल गर्न माघ २३ गतेका लागि पेशी तोकिएको छ ।

सर्वोच्चले उक्त रिटमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाएको हो ।

छलफलका दिन दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौताको सङ्कल प्रतिसहित उपपस्थित हुन महान्यायाधिवक्ताको कार्यालयलाई लेखी पठाउन  सर्वोच्चले भनेको छ ।