काठमाडौं, माघ १८ गते । खुला मञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन थालिएको छ । अहिले ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न थालिएको छ । सतहमा भएका सबै ढुङ्गा टिपेपछि मलिलो माटोको सतह बनाइनेछ । यसमाथि प्राकृतिक दुवो रोपिनेछ ।
सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी भन्नुहुन्छ, ‘‘दुबोसहितको चउर भएपछि जनसाधारणको बहुउपयोगमा आउनेछ । बिहान शारीरिक अभ्यास गर्न सकिनेछ । व्यवस्थित सार्वजनिक कार्यक्रम गर्ने स्थान हुनेछ । मर्निङ् वाक गर्न सकिनेछ । बालबालिका र युवालाई खेल्ने तथा रमाउने ठाउँ हुनेछ ।’’
पूर्वाधार सल्लाहकार सुनिल लम्साल भन्नुहुन्छ, ‘‘उबडखाबड भएको मैदानलाई समथर बनाउने, आवश्यकताका आधारमा सबै खालका सार्वजनिक उपयोगका लागि उपयुक्त बनाउने योजना हो । खेल मैदानको जस्तो कृत्रिम दुवो लगाउने कुनै योजना छैन ।’’
हामीले दैनिक ५० जना जनशक्ति परिचालन गरेर जमिनमा भएका मसिना ढुङ्गा समेत टिप्न लगाएका छौँ । महानगर प्रहरी बलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे भन्नुहुन्छ, गएको तीन दिनदेखि काम भइरहेको छ ।