• २७ पुस २०८१, शनिबार

भण्डारी र खातीको विवाहपछि ५० हजार पुरस्कारले सम्मान

blog

सन्दीप भण्डारी र जुना खातीलाई नगदसहित सम्मान गरिँदै । तस्बिर बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, माघ १८ गते ।  दोलखाको भीमेश्वर नगरपालिकामा अन्तरजातीय विवाह गर्ने एक जोडीलाई नगद ५० हजार रुपियाँसहित सम्मान गरिएको छ । भीमेश्वर नगरपालिका–५ का अन्तरजातीय विवाह गर्ने एक जोडीलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो । 

वडा नम्बर ५का सन्दीप भण्डारी र रामेछाप उमाकुण्डा गाउँपालिका–५ जुना खातीले  अन्तरजातीय विवाह गर्नुभएकोमा उहाँहरूलाई प्रोत्साहनस्वरूप नगद ५० हजार रुपियाँसहित सम्मान गरिएको वडा नम्बर ५का वडाध्यक्ष वासु श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार उक्त जोडीलाई भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले नगदसहित सम्मान गर्नुभएको हो । नवविवाहित जोडीले गत पुस २६ गते विवाह गरेकोमा माघ ५ गते वडामा विवाह दर्ता गराउनुभएको थियो । विद्यमान जातीय विभेदलाई तोडेर अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो । सरकार र वडा सक्रिय भएर जातीय विभेदलाई हटाउन लागिपर्नुपर्ने देखिएको छ ।