• ७ जेठ २०८१, सोमबार

अस्थायी आवास पीडितलाई हस्तान्तरण

blog

आबास निर्माण गरेकोमा गाउँपालिकाका अध्यक्ष बीरवहादुर गिरीले किर्डाक नेपालका कार्यकारी निर्देशक गोबिन्द्रवहादुर शाहीलाई कदरपत्र दिनुहुँदै । तस्विरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, माघ १७ गते । गएको कात्तिक १७ गते गएको भूकम्पमा परेका प्रभावित नागरिकका लागि निर्माण गरिएका दुईसय अस्थायी आवास पालिकामार्फत नागरिकलाई हस्तान्तरण गरिएको छ । 

भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट–१ रामीडाँडाका नागरिकका लागि निर्माण गरिएका अस्थायी आवास आज एक कार्यक्रमबिच गाउँपालिकामार्फत सम्बन्धित प्रभावितलाई हस्तान्तरण गरिएको हो । 

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालले दुईसय दश अस्थायी आवासको काम सकेपछि पालिकामा अस्थायी आवास हस्तान्तरणको कार्यक्रम आयोजना गरी नागरिकलाई बस्न लगाइएको हो । 

किर्डाक नेपालका बित प्रशासक दीपकराज न्यौपानेले आवास, प्राविधिक सहयोग र भूकम्प प्रभावितलाई प्रदान गरिएको न्यानो कपडा गरेर दुई करोड बजेट खर्च गरेको जानकारी दिनुभयो । 


किर्डाकसँगै एचआई र पिनको संयुक्त लगानीमा बारेकोट गाउँपालिका –१ रामीडाँडाका विभिन्न बस्तीसँगै वडा ५ को तोलखान बस्तीमा अस्थायी आवासको काम गरेको थियो । किर्डाक नेपालका कार्यकारी निर्देशक गोबिन्दवहादुर शाहीले वडा अन्तर्गत बयालाका ४२, सिनाकोटका २९ वटा, दलित आगरका ५५ माथि आगरका ४२ र वडा ५ तोलखानका ३२ घर गरेर दुई सय अस्थायी आवास निर्माणको काम सकेर पालिकामार्फत नागरिकलाई बुझाइएको बताउनुभयो । 

बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले जिम्मा लिएको एक महिनामा सबै काम सम्पन्न गरेर नागरिकलाई अस्थायी आवासमा बस्न लगाएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।